म्याग्दीमा पशुमा पूर्णखोप कार्यक्रम

Sinchai Khanipani notice

बेनी, । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ ।

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका ६ वटै पालिकाका कृषकहरुले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन भएको हो ।

केन्द्रका प्रमुख जिवन प्रसाद आचार्यले जिल्लाभर एक लाख दश हजार ६३३ गाई, भैसी, बंगुर, बाख्रा, भेडा, कुकुर र चौरीगाईलाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा अभियान सञ्चालन भएको छ ।

Shreekrishna hardwear in news

“रघुगंगा, अन्नपूर्ण, मंगला गाउँपालिका र बेनी नगरपालिकामा खोप लगाउने काम सकिएको छ,” आचार्यले भन्नुभयो “मालिका र धवलागिरीमा खोप अभियान सञ्चालनको तयारीमा छौ ।”
कृषकका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सकलन, खोपकर्ता नियुक्ती, जनप्रतिनिधि र अगुवाकृषकहरुलाई अभिमुखीकरण गरि खोप लगाउन प्राविधिकहरुलाई पचिालन गरिएको हो ।

Bhautik ministry notice about road

पूर्ण खोप अभियानका लागि एक वटा वडामा भूगोल र पशुसंख्याको आधारमा दुई देखि तीन जनाको दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो । “सबै प्राविधिकलाई तालिम दिएर पूर्ण खोपका लागि परिचालन गरिएको छ” उहाँले भन्नुभयो ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । बेनी नगरपालिकामा सत्र हजार चार, मंगला गाउँपालिकामा तेह् हजार ९५, मालिकामा १७ हजार ८४६, रघुगंगामा २५ हजार ३७५, धवलागिरीमा १५ हजार ८९१ र अन्नपूर्णमा २१ ह्जार ४२२ पशुलाई खोप लगाउने लक्ष्य छ ।

कृषकको फार्म र गोठमा पुगेर पिपिआर, खारेत, भ्यागुते, चरचरे, कलासिकल स्वाइन फिवर र रेविज रोग विरुद्धको खोप निशूल्क लगाउने व्यवस्था मिलाइएको छ । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय हो ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले संक्रामक रोग निर्मुल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा अभियान सञ्चालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...