वाइसीएल बेनी नगर कमिटीमा नविन पौडेल

Gandaki Pardesh notice

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
बेनीस्थित माओवार्दीको पार्टी कार्यालयमा शनिबार भएको वाईसिएलको दोस्रो नगर सम्मेलनबाट पुनःपौडेलको नेतृत्वमा २१ सदस्य नगर कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा कृष्ण छन्त्याल, सचिवमा गोकुल सुनार, सहसचिवमा सुजल केसी, कोषाध्यक्षमा अनिषा जिसी चयन हुनुभएको छ ।
कमिटिको सदस्यहरुमा सरस्वती शर्मा, अजय कार्की, दिपेश कुवँर, दिपक खत्री, विशाल परियार, टिकाराम सुवेदी, मोहन रोका, इन्द्र छन्त्याल, भरत खत्री र लालबहादुर मिजार लगायत रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक सुविन जुग्जालीले नगरको विकासमा युवाहरु एकजुट गराएर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले भातृसंगठनले संगठन विस्तारसंगै पाटीको सिद्धान्त र ऐजण्डालाई कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तै गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारी, प्रदेश क का संयोजक कुशल पौडेल, नगर कमिटी अध्यक्ष शेरबहादुर केसी, वाईसिएलका केन्द्रिय सदस्य नगेन्द्र केसी लगायत भातृसंगठनका नेताहरुको उपस्थितमा सम्मेलन सम्पन्न गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...