रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।
काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भिर घाईते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बेनी–जोमसोम सडक अन्तरगत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारीले टेकेको ढुङ्गाबाट चिप्लिएर खस्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...