गुडिरहेको गाडीमाथी ढुङ्गा खस्दा घाइते भएका चार जनाको पोखरामा उपचार हुदै

Gandaki Pardesh notice

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि पोखरा लगिएको छ । म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि बिहिबार साँझ भिरबाट ढुङ्गा खसेको थियो ।
जिपमा सवार चार जना महिला घाइते भएका र उनिहरुलाई उपचारका लागि रातीनै पोखराको गण्डकी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताउनुभयो ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ का ५१ वर्षीया सरस्वती थापा, ५५ वर्षीया उमा भट्टराई, ५५ वर्षीया पम्फा गिरी र ५२ वर्षीया हिरा कर्माचार्य घाइते भएका प्रनाउ पौडेलले बताउनुभयो ।
मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि जादै थिए । गाडीको पछाडीको बाँया भागको सिटमा ढुङ्गा खसेर भित्र बसेका यात्रुलाई चोट लागेको हो । जिपमा आठ जना सवार थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, प्रहरी, स्थानीयबासी, जनप्रतिनिधिहरुले घाइतेको उद्धार गरेर पोखरा पठाउनु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...