शिखको किन्दुमा मोवाइलको बिटिएस टावर सञ्चालन

Gandaki Pardesh notice

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा नेपाल टेलिकमको बिटिएस टावर सञ्चालन भएको छ ।

जनप्रतिनिधि र स्थानीयबासीको सक्रीयतामा नेपाल टेलिकमले किन्दुमा टुजी र थ्रिजी सुविधा सहितको मोवाइल बिटिएस टावर बिहिबारदेखि सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले किन्दुमा नयाँ बिटिएस टावर सञ्चालन भएपछि मोवाइलमा कुरा गर्न टावरले टिप्ने ठाउँ खोज्नुपर्ने समस्या हटेको बताउनुभयो ।

घोडेपानी र खिवाङमा रहेको नेपाल टेलिकमको विटिएस टावरको सिग्नल खाल्डोमा रहेको शिखको वडा कार्यालय, शिख मावि, फलाते, स्वाँत क्षेत्रमा राम्रोसँग नटिप्ने समस्या थियो । मोवाइलको टावरले नटिप्ने समस्याका कारण वडा कार्यालय र विद्यालयको सेवा, सूचना आदानप्रदानका साथै स्थानीयबासीलाई फोन गर्न टावरले टिप्ने ठाउँमा जानुपर्ने थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

किन्दु टोलका बासिन्दाहरुले श्रमदान गरेर बिटिएस टावर सञ्चालनका लागि आवश्यक उपकरण राख्ने घर बनाएका छन् । भवन र जग्गाको भाडा टोलको कोष मार्फत परिचालन गर्ने सम्झौता भएको छ ।

शिख क्षेत्रमा एनसेल लगायत निजी क्षेत्रका कम्पनीहरुको मोवाइल सेवा उपलब्ध छैन् । नेपाल टेलिकम बाग्लुङ शाखाका प्रमुख केशब शर्माले किन्दुको बिटिएस मार्फत थ्रिजी (तेस्रो पुस्ता)को डेटा र भ्वाइस सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले फोरजी सञ्चालको तयारी गरेको बताउनुभयो ।

धवलागिरी गाउँपालिका–२ खोरीयामा पनि नयाँ बिटिएस टावर स्थापना गरेर सेवा सुदृढीकरणको तयारी गरेको टेलिकम बागलुङका प्रमुख शर्माले बताउनुभयो । यसअघि मालिका गाउँपालिकाको रुन्माको डाडामा रहेको मुख्य बिटिएस टावरबाट तीन हजार ८७० मिटर फाइवर तानेर दरवाङमा एन्टिना राखेर मोवाईल फोन सेवा सुदृढीकरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...