मालिकामा भक्तजनको घुइचो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालीका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालीकामा शुक्रबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा राती देखिनै पुजाआजा शुरु भएका छन् । म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ लगायतका स्थानबाट भक्तजन आएका मालिका क्षेत्र विकास कोषका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।

Bhautik ministry notice about road

मलिकाको पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरु आउने गरेका अध्यक्ष पाईजाले बताउनुभयो । अध्यक्ष पाईजाका अनुसार चण्डी पुर्णीमा, भाईटिका, जेष्ठी पूर्णीमा र बालाचर्तुदशीमा बिशेष मेला लाग्ने गर्दछ ।

Shreekrishna hardwear in news

पुजालाई व्यवस्थित बनाउन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा लगायत जनप्रतिनिधि, कोषका पदाधीकारी, बिम, दुखु र ठाडाखानीका स्वमस्वेक, युवा कल्व, आमा समूह परिचालन भएका छन् । बस्तीदेखि टाढा रहेको मालिकामा पुजाआजा गर्ने जानेहरु बिहिबार साँझनै त्यहाँ पुगेर बास बसेका थिए ।

मालिकामा भाकल गरेमा मनोकाक्षा पुरा हुने र मागेको कुरा पुरा भएमा बोका, परेवाको बली चढाउने चलन रहेको छ । यसैगरी पछिल्लो समय दैनिक पुजा सञ्चालनका साथै बलीको विकल्पमा नरीवल चढाउन सकिने विकल्प खुल्ला गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...