जलजलामा वडा विकास कार्यक्रम

khali

बेनी, । पर्वतको जलजला गाउँपालिकामा रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम लागू भएको छ । समुदाय परिचालनको माध्यमबाट सामाजिक, आर्थिक र भौतिक विकासका गतिबिधि सञ्चालन गर्ने उद्देश्यले ९ वटै वडामा कार्यक्रम सञ्चालन भएको हो ।

चालु आर्थिक वर्षमा रु. ४० लाख बजेट बिनियोजन भएको यस कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा कार्यबिधि निर्माण, सबै वडामा एक÷एक जना वडा विकास सहजकर्ता (सामाजिक विकास परिचालक) नियुक्त र वडा स्तरमा सरोकारवालालाई अभिमुखीकरण गरिएको गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

वैशाख ११ गते वडा नम्बर ९ बनौबाट शुरु भएर बिहिबार बाँसखर्कमा समापन गरिएको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरणमा वाहलवाला र पुर्व जनप्रतिनिधि, राष्ट्रिय दलको मान्यता पाएका पार्टीका प्रतिनिधि, आमा समूह, युवा क्लव, बाल क्लव, शिक्षक र अगुवाहरुको सहभागिता थियो ।

Shreekrishna hardwear in news

उद्यमशिलताको विकास, पर्यटन प्रर्वद्धन, भौतिक पूर्वाधारका योजनामा गुणस्तर कायम, कृषि र पशुपालनको व्यवसायिकरण, उत्पादन वृद्धि, आयात प्रतिष्ठापन, रोजगारी सिर्जना, विदेश पलायन न्युीकरणका लागि संगठन, बचत, सिप तथा प्रबिधिको परिचालन गरिने गाउँपालिकाले जनाएको छ ।

khali

“फलफूल, पर्यटन तथा कृषि उपजको आधारशिला, सुशी, सम्बृद्ध र समतामुलक हाम्रो जलजला” भन्ने मुल नारालाई साकार पार्न कार्यक्रम मार्फत गठन हुने टोल विकास संस्थाहरु गाउँपालिका र वडाको योजना तर्जुमा देखि कार्यान्वयन प्रक्रीयासम्म सहयोगी रहने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

२५ देखि ४० घरधुरीलाई समेटेर प्रतिघर एक जना सदस्य रहनेगरी पालिकाभर १५० वटा टोल विकास समिति गठन गर्ने तयारी भएको छ । समितिका सदस्यहरुलाई प्रशिक्षणका साथै उनिहरु मार्फत टोल स्तरको समस्या र आवश्यकता पहिचान गरिने सामाजिक विकास अधिकृत आचार्यले बताउनुभयो ।

समितिहरुले आन्तरिक बचत गरेर उद्यमशिलताको विकासका लागि सदस्यहरुलाई सहुलियत ब्याजदरमा घुम्तीकोष उपलब्ध गराउनेछन् । व्यक्तिगत रुपमा रु. एक लाख र संस्थागत रुपमा रु. बिस लाख सम्म सहुलियत ब्याजदरमा घुम्तीकोषबाट ऋण पाउने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका र लक्षित समुदायका लागि घुम्तीकोषबाट विशेष सुविधा पाउने व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम जलजला गाउँपालिकाले साविकको धवलागिरीमा पहिलो पटक लागू गरेको हो । वडा तहमा वडा अध्यक्ष र पालिका स्तरमा गाउँपालिका अध्यक्षको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...