म्याग्दीको काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खस्यो, चार जना घाइते

Gandaki Pardesh notice

बेनी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर चार जना यात्रु घाइते भएका छन् ।
बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि बिहिबार साँझ भिरबाट ढुङ्गा खसेको थियो । जिपमा सवार चार जना महिला घाइते भएका र उनिहरुलाई एम्बुलेन्स बोलाएर बेनीतर्फ पठाउन लागिएको घटनास्थलमा पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

घाइतेहरुको पहिचान खुलेको छैन् । उनिहरु मकवानपुरको हेटौडाका हुन् । मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि जादै थिए । गाडीको पछाडीको बाँया भागको सिटमा ढुङ्गा खसेर भित्र बसेका यात्रुलाई चोट लागेको छ । जिपमा आठ जना सवार थिए । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रहरी, स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारीहरुको टोलीले घाइतेको उद्धार गरेर बेनी पठाउन लागिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...