रुमबाट बालिका सहित तीन जना सम्पर्क बिहिन

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउपालिका–२ रुमबाट एक बालिका सहित तीन जना बेपत्ता भएका छन् ।

असोज ११ गतेदेखि सम्पर्क बिहिन भएका तीनै जनाको खोजीका लागि परिवारका सदस्य र स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । आफन्त र छिमेकी गाउँमा खोजी गर्दा समेत नभेटिएपछि प्रहरी मार्फत खोजी सुरु गरेका हुन् ।

Bhautik ministry notice about road

बेपत्ता हुनेमा रुमकी अन्दाजी २५÷२६ वर्षकी तारा बिक र २ वर्षकी उनकी छोरी भएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । सोही दिन रुमकै २५÷२६ वर्षका प्रकाश हर्मेल पनि गाउँबाट वेपत्ता भएका थिए ।

Shreekrishna hardwear in news

प्रकाशको घरमा ३ वष र ९ महिनाका दुई जना छोरा तथा श्रीमति छिन् । प्रकाशकी श्रीमति यमुनाले इलाका प्रहरी कार्यालयमा खोजीका लागि उजुरी दिएकी हुन् । घरपरिवारलाई जानकारीनै नदिइकन छिमेकमा रहेकाहरु वेपत्ता भएकाले बहुबिवाह गरेर भागेको हुन सक्ने शंका गरिएको स्थानीय युवा भरत रोकले बताउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...