अन्तरमावि लोक गित प्रतियोगिता हुने

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठमा बेनीमा अन्तरमावि लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते लोक दोहोरी गितका प्रतिभा पहिचान र उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले बिहिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीले जिल्ला समन्वय समितिको सभाहलमा हुने प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र सान्तवना हुने विद्यार्थीलाई क्रमश ः रु.२५ हजार, १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिने बताउनुभयो ।
“नेपाली लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्न, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लोक संगितको महत्व बुझाउन, विद्यालयस्तरमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,” जिसीले भन्नुभयो “जिल्लाभित्रका पालिका र विद्यालयलाई लोकसंगितमा क्षमतावान विद्यार्थीहरुलाई छनोट गरेर प्रतियोगितामा सहभागि गराउन पत्राचार गरेका छौ ।”
कार्यक्रमलाई सफल बनाउन अध्यक्ष जिसीको नेतृत्वमा सात वटा उपसमिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव रु. चार लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबारे जानकारी गराउने कार्यक्रममको अवसरमा प्रतिष्ठानका विदेश विभाग मकाउका सल्लाकार चयन भएका चिरञ्जीवी पौडेललाई संस्थाका अध्यक्ष जिसी, प्रतिष्ठान गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा र पुर्व अध्यक्ष कृष्ण जिसीले सल्लाकारको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रथम उपाध्यक्ष पदम विश्वकर्माले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...