भुरुङ–तातोपानीमा गरिमाको एटिएम

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकहरुलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र बैंकका बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको अध्यक्षता, लजिस्टिक एण्ड जनरल सर्भिस विभागका प्रमुख अनुमान श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको समापन बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुनले बैंक तथा वित्तीय संस्थाको सेवालाई घरघरसम्म विस्तार गर्नुपर्ने बताउदै प्रविधियुक्त सेवाले आर्थिक कारोबारमा सहज भएको बताउनुभयो । भुरुङ्ग तातोपानी भएर मुस्ताङ्ग जाने आउने पर्यटकहरुलाई एटिएम काउन्टरले सहज हुने अपेक्षा गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत ढकालले गरिमा विकास बैंकले सेवाग्राहीको सहजताको लागि सेवालाई समय अनुकुल प्रविधिमैत्री बनाउदै लगेको बताउनुभयो । गरिमा बैंकको नेपालभर १२१ वटा शाखा र ५० वटा एटिएम काउन्टर रहेका छन् ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...