एशियन लाइफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

Gandaki Pardesh notice

बेनी, । एशियन लाइफ इन्सोरेन्सले म्याग्दीको बेनीका एक बिमितका परिवारलाई बिमा दावी रकम हस्तान्तरण गरेको छ ।
कम्पनीमा बिमा गराउनुभएका बेनी नगरपालिका ८ का स्वर्गीय अजय बानियाका परिवारलाई रु. दुई लाख २६ हजार ९१० हस्तान्तरण गरिएको हो । मृत्यु दावी बापत बिमांक रु. दुई लाख र तीन किस्ता प्रिमियम भुक्तानी वापतको बोनस रु. २६ हजार ९१० अजयका बुवा यामबहादुर बानियालाई हस्तान्तरण गरिएको थियो ।
एशियन लाईफ इन्सोरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख बद्रिनाथ पौडेल र बेनी उपशाखा प्रमुख हरिप्रसाद पौडेल सहित अभिकर्ताहरुको उपस्थितिमा मंगलबार रकम हस्तान्तरण गरिएको थियो । कम्पनीमा बिमा गराएर तीन किस्ता प्रिमियम शूल्क तिर्नुभएका बानियाको उपचारको क्रममा निधन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...