मंगला क्याम्पसको भवन उद्घाटन

Gandaki Pardesh notice

बाबियाचौर,। म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको मंगलबार उद्घाटन भएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भवन उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार ४४३, मंगला गाउँपालिका १२ लाख ८० हजार र आन्तरिक स्रोत १ लाख ६८ हजार गरी कुल १ करोड ९ लाख ७६ हजारको लागतमा निर्मित ८ कोठे भवनको प्रा.डा अधिकारीले गर्नुभएको थियो ।
त्यसैगरी अघिल्लो संघीय संसद विकास कोषबाट ७० लाख, पुर्व प्रदेशसभा सदस्य सामाजिक विकास मन्त्री नरदेवी पुनको संसद विकास कोषबाट २५ लाख र मंगला गाउँपालिकाको ५१ लाख ७५ हजार गरी कुल १ करोड ४६ लाख ७५ हजार लागतमा निर्मित १० कोठे र एक सभाहल सहितको भवनको गाउँपालिका अध्यक्ष रोकाले गर्नुभयो ।
भवन उद्घाटन समारोहमा बोल्दै अनुदान आयोगका अध्यक्ष प्रा.डा.अधिकारीले मंगला शिक्षा क्याम्पसलाई भौतिक र शैक्षिक रुपमा आयोगबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘समुदायको मेहनतबाट बनेको क्याम्पस देखेर निकै उत्साहित भए,‘भौतिक पूर्वाधारका अन्य कार्यक्रममार्फत समेत जोडिन्छौ, यहाँको भौतिक र शैक्षिक प्रगतीले मलाई लोभ्याएको छ’ प्रा.डा. अधिकारीले भन्नुभयो । सोही अवसरमा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष रोकाले क्याम्पसलाई पश्चिम म्याग्दीको शैक्षिक हब बनाउने गरी शिक्षा संकाय बाहेक प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निर्वतमान अध्यक्ष श्रीराम पौडेलले राजनीतिक दल सहित सबैको सहकार्यबाट क्याम्पसका अधुरा योजना पूरा गर्नुपर्नेमा जोड दिनुभयो । भवन उद्घाटन समारोहको समापन गदैं क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले विश्व विद्यालयमा प्रशासनीक भवन, छात्राबास सहित अनुसन्धानमुलक तालिम लगायतका विभिन्न कार्यक्रमको माग गरेको बताउनुभयो ।
कार्यक्रमको अवसरमा मंगला गापा–२ का होमनाथ सुबेदीले १५ हजार १५५ रुपैयाँ, मंगला–५ पिपलबोटका शिवदत्त भण्डारीले ६ हजार ५५० र क्याम्पसका निवर्तमान अध्यक्ष श्रीराम पौडेलले २० थान पुस्तक सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा मंगला–२ का वडा अध्यक्ष धनबहादुर खाती, विश्व विद्यालय अनुदान आयोगका निर्देशक डा. प्रमोद पौडेल, मंगला मावि विब्यस अध्यक्ष नारायण बहादुर अधिकारी, प्रअ गमबहादुर खत्री, मुक्तिमार्ग शिक्षा क्याम्पस घारका प्रमुख विकास शर्मा, स्ववियू सभापति भिममायाँ रोका लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष थापाको अध्यक्षता, स्वागत क्याम्पस प्रमुख पितमबहादुर खत्री र सञ्चालन सहायक प्रध्यापक हरिकृष्ण भट्टराईले गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...