महावीर पुनको आन्दोलनलाई म्याग्दीका युवाको साथ

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई म्याग्दीका युवा विद्यार्थीहरुले पनि साथ दिएका छन् ।
बेनी स्थित जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो धर्ना दिदै युवा विद्यार्थीहरुले म्याग्दीमा जन्मिएका महाविर पुनले अघि सार्नुभएको अध्ययन अनुसन्धानसँग सम्बन्धित विषयको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित डा पुनले शुक्रबारदेखि काठमाडौमा आन्दोलन गर्नुभएको छ । पुनको आन्दोलनमा विभिन्न क्षेत्रबाट सर्मथन जुटेको । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले यसअघिनै नवप्रर्वद्धन, अनुसन्धान र आविष्कारको विषयलाई आगामी वर्षको बजेट नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
आइतबार उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र डा. पुन बिच वार्ता भएको थियो । पुनको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन स्वफुर्त रुपमा प्रसाशन कार्यालय अगडाी धर्ना बसेको अगुवाई गरेका युवा बिजय घर्तीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...