तल्लो तातोपानी बजारमा सडक पिच हुदै

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) गर्ने तयारी भएको छ ।
बेनी नगरपालिकाको चालु आर्थिक वषृ २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र हुन लागेको हो । नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सोमरस निर्माण सेवाले बेस बिछ्याएर कालोपत्रका लागि प्राइम कोड हालेको बताउनुभयो ।
रु. २३ लाख लागत अनुमान गरिएको यो योजनाका लागि सोमरसले सात प्रतिशत घटेर ठेक्का सम्झौता गरेको थियो । यही वैशाख महिनाभित्र कालोपत्रे गरिसक्ने सम्झौता छ । प्रिमिक्स प्रविधिको पिच गर्न लागिएको हो । ३२५ मिटर सडक कालोपत्र हुदैछ । सडक पिच भएपछि हिलो र धुलोबाट मुक्ति मिल्ने तल्लो तातोपानी बजारबासीले बताएका छन् ।
नगरपालिकाको अर्को रु. १० लाखको बजेटबाट प्रहरी चौकी क्षेत्रमा नाली निर्माण, सवारी आवत जावतलाई असहज बनाएका ढुङ्गा फुटाउने र ढलानको काम उपभोक्ता समिति मार्फत भैरहेको छ । बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) उपल्लो तातोपानी बजारमा पनि कालोपत्र गर्न आगामी वर्षको योजनामा समेटिने बताउनुभयो ।
तातोपानी प्राकृतिक उपचार स्थलको रुपमा परिचत छ । तातोपानी कुण्डमा डुबेर स्नान गर्न स्वदेश तथा विदेशबाट वार्षिक हजारौ पाहुनाहरु आउने गर्छन् । बेनी बजार देखि तातोपानी हुदै मंगला गाउँपालिकाको सिम सम्मको १२ किलोमिटर ५०० मिटर सडक गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालयले गत वर्ष कालोपत्र गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...