राज्यकोषबाट तलब खाने र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न जलजला गाउँपालिकाको अनुरोध

Health and samajik ministry notice

बेनी, । पर्वतको जलजला गाउँपालिकाले राज्यकोषबाट तलब खाने र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा हालै बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिकाको निर्णय अनुसार जलजला गाउँपालिकाकका सबै जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरिएको शिक्षा शाखाका अधिकृत त्रिविक्रम आचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road


सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने तथा जवाफदेही बनाउने, सामुदायिक विद्यालय प्रतिको सोचमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा पढाउन अनुरोध गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नीतिगत पहल थालेको छ । आधारभूत तहमा पालिका स्तरीय उपलब्धी मापन परिक्षा सञ्चालन, शिक्षकहरुलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम सञ्चालन, कक्षा १० अध्ययन गर्ने विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेको छ । कक्षा ११ र १२ पढ्ने विद्यार्थीहरुलाई अतिरिक्त कक्षा र निशुल्क होस्टेल सञ्चालन गर्ने कार्यक्रम बनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...