बेनी नगरका शिक्षकहरुद्धारा ३० बुदे प्रतिवद्धता जारी

Gandaki Pardesh notice

बेनी, । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बेनी नगरपालिकाका शिक्षकहरुले सामुहिक रुपमा ३० बुदे प्रतिवद्धता जारी गरेका छन् ।

बेनी नगरपालिकाको आयोजनामा आइतबार बेनीमा सम्पन्न बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट विद्यालयमा समयमै उपस्थित हुने र पुरा समय कक्षाकोठामा बिताउने देखि शिक्षण क्रियाकलापमा सिर्जनशिलताको प्रयोग गर्ने लगायतका प्रतिवद्धता जनाएका हुन् ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ५६ वटा सामुदायिक विद्यालयमा कार्यरत ४०० जना शिक्षकहरु सहभागि भएका नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“शिक्षकको ईच्छाशक्ति भएमा सामुदायिक विद्यालयमा सुधार र परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता अनुसार उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “सहभागि शिक्षकहरुले सामुहिक रुपमा ३० बुदे प्रतिवद्धता जनाउनुभएको छ ।”

Bhautik ministry notice about road

विद्यालयहरुमा सार्वजनिक विदा गरि शिक्षकहरुको अनिवार्य उपस्थिति गराएर आयोजना गरिएको कार्यक्रममा शिक्षकहरुलाई उत्प्रेरित गराउने विभिन्न विषयवस्तुमा प्रशिक्षण, कार्यसम्पादन मूल्याङ्कन र प्रशासनिक कामको विषयमा व्यवहारिक सिप प्रदान गरिएको थियो । सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्नै कार्यसम्पादन मूल्याङ्कन पनि राम्रोसँग भर्न नसक्दा बढुवामा असर परेको थियो ।

“सामुदायिक विद्यालयमा देखिने गरि सुधार ल्याउनका लागि शैक्षिक सत्रको सुरुवातमै शिक्षकहरुसँग बृहत छलफल गरेका हौ,” नगर प्रमुख सुरत केसीले भन्नुभयो “कतिपय शिक्षकहरु सहकारी र सार्वजनिक संस्थामा आवद्ध रहेको र ती संस्था विरुद्ध उजुरी पर्न थालेकाले शुद्धिकरण आवश्यक देखिएको छ ।”

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले शिक्षकहरुलाई कक्षा कोठा व्यवस्थापनका साथै प्रशासनिक काम गर्ने प्रक्रीयाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शिक्षकले चाहेमा गर्न सक्छन अभियान्ता काठमाडौको ज्ञानोदय माविका पुर्व प्रअ धनञ्जय अधिकारीले सहजिकरण गर्नुभएको थियो । बेनी नगरपालिकाका सामुदायिक विद्यालयको राम्रा अभ्यासको अनुभव आदानप्रदान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...