कालीपुलको टर्मिनल भवन बेनी नगरपालिकालाई हस्तान्तरण

khali

बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण गर्ने योजना निर्धारित समयभित्र सम्पन्न भएको छ ।

ठुला आयोजनाहरु ढिलासुस्तिले थलिएको अवस्थामा निर्माण व्यवसायीको इच्छाशक्ति, कार्यान्वयन पक्षको सक्रीयता र सरोकारवालाले सहजिकरण गर्ने हो भने निर्धारित समयमै सम्पन्न गर्न सकिने सन्देश प्रवाह भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कमा सञ्चालन गरेको टर्मिनल भवन निर्माण गर्न वि.स. २०७८ पुषमा शुभ कन्ट्रक्सनसँग रु. दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news

निर्माण कम्पनीका सञ्चालक विकासराज वन्तले आयोजना प्रमुख सुनिता श्रेष्ठ मार्फत आइतबार नवनिर्मित भवन बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई हस्तान्तरण गर्नुभएको छ ।

“१५ महिनाको ठेक्का अवधि भएको यो भवनको सम्झौताको म्याद थप गर्नुपरेन,” उहाँले भन्नुभयो “२०७९ चैत १० गते निर्माण सकिएको भवन एक महिनापछि औपचारिक रुपमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।”

२८९.५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतिक्षालय छन् । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरेर टर्मिनल भवन सञ्चालनमा ल्याउने नगरप्रमुख केसीले बताउनुभयो ।

khali

“धुलो, हिलो र अव्यवस्थित पार्किङले हामिले आलोचना सहनु र नागरिकले सास्ती खेप्नुपरेको थियो,” उहाँले भन्नुभयो “म्याग्दीबाट लामो दुरिका लागि छुट्ने र मुस्ताङ जाने सवारी साधनलाई लक्षित गरेर नगरपालिकाले तयार पारेको गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण र बसपार्क ढलान गरिएको हो ।” टर्मिनल भवनमा टिकट काउन्टर राख्न आठ वटा यातायात कम्पनीले निवेदन दिएका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

अहिले बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज हुने भएको छ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

विसं २०७४ मा नगरपालिकाले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कको पर्यटक सूचना केन्द्र, ट्राफिक प्रहरी कार्यालयको भवन र पेट्रोल पम्पलाई हटाउन लागिएको जनाउदै नगरप्रमुख केसीले ढलानलाई विस्तार र टर्मिनलको भवनमा तला थप गर्न आयोजनालाई निरन्तरता दिन नगरप्रमुख केसीले आयोजनालाई आग्रह गर्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...