बाँसखर्कका वडा अध्यक्षमाथी आक्रमण

Gandaki Pardesh notice

बेनी,। पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा अध्यक्ष जगबहादुर रोकामाथी आक्रमण भएको छ ।
वैशाख १४ गते राती जलजला गाउँपालिका ३ वारीबेनीको एक होटलमा वडा अध्यक्ष रोकामाथी आक्रमण भएको गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । टाउकोमा चोट लागेकाले वडा अध्यक्ष रोकालाई उपचारका लागि पोखरा लगिएको छ ।
आइतबार बसेको कार्यपालिकाको बैठकले वडा अध्यक्ष रोकामाथी भएको आक्रमणप्रति खेद व्यक्त गरेको छ । घटनामा संलग्नलाई कानुनी कारबाही गर्न कार्यपालिकाका प्रवत्ता हरिविकास जिसीद्धारा जारि विज्ञप्तिमा माग गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...