धवलागिरीका महिला स्वास्थ्य स्वंयम सेविकालाई पुनतार्जगी तालिम

Gandaki Pardesh notice

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक महिला स्वास्थ्य स्वमसेविकाहरुलाई पुनताजगी तालिम मुनामा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी संस्था कदम म्याग्दीको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा वैशाख १२ देखि १५ गतेसम्म चार दिने तालिम सम्पन्न भएको हो ।

महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुले समुदायमा प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको थियो । तालिममा गुर्जा, लुलाङ, मुना, मुदी र ताकमका २६ जना महिला सामुदायिक स्वास्थ्य स्वमसेविका सहभागि भएका कदम म्याग्दीको जनस्वास्थ्य अधिकृत निरमाया मिजारले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आधारभूत तालिम लिई कम्तिमा पनि चार वर्ष पुरा भएका महिला सामुदायिक स्वास्थ्य स्वमेविकाहरुको तथ्याङ्क संकलन गरी तालिम प्रदान गरिएको हो । मुना स्वास्थ्य चौकीका ईञ्चार्ज सविन लामगारे र रुपा रिजालले तालिमको सहजिकरण गर्नुभएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले उद्घाटन गर्नुभएको तालिमको समापन उपाध्यक्ष रेशम पुनमगर, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल र कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले समापन गर्नुभएको थियो ।

महिला स्वास्थ्य स्वमसेविकाहरुले वस्ती स्तिरमा आमा तथा बालबालिकाको स्वास्थ्य प्रर्वद्धन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवाको उपयोगिता र प्रभावकारीता बढाउने, स्वास्थ्य शिक्षा तथा राष्ट्रिय कार्यक्रममा सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...