धौलागिरि अधिकृत विक्रेता संघमा राजन श्रेष्ठ

Health and samajik ministry notice

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना रहनुभएको संघको उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल र कोषाध्यक्षमा नारायण ढुङ्गाना चयन हुनुभएको छ ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

सदस्यहरुमा जगन्नाथ शर्मा, ईश्वर बरुवाल, सुमन श्रेष्ठ, ताराप्रसाद पौडेल, विमल अधिकारी, विजय पौडेल, हरिप्रसाद आचार्य, शशी भट्टराई र चिरञ्जिवी शर्मा रहनुभएको छ । विभिन्न उद्योगहरुले उत्पादन गरेका सामानको धौलागिरिमा आपुर्ति गर्ने आधिकारिक विक्रेताहरु संघमा आवद्ध छन् ।

संघले व्यवसायिक हितका लागि पैरवी गर्नुका साथै विपद् र समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्दै आएको छ । चैत १८ गते बेनपा–१ रत्नेचौरमा आयोजित अधिवेशन समय अभावका कारण स्थगित भएको थियो । वैशाख १६ गते शनिबार बागलुङ स्थित संघको सचिवालयमा नेपाल वितरक संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महासचिव बानियाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...