सिंगामा चिस्यानगृह निर्माण शुरु

Shreekrishna hardware

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा शीतभण्डार निर्माण शुरु भएको छ ।
बेनी नगरपालिकाले शितभण्डार गृह बनाउन लागेको हो । शीतभण्डार बनाउन नगरपालिकाले चालु आगामी आर्थिक वर्ष २०७९÷८० मा रु. एक करोड ९० लाख विनियोजन गरेको थियो ।

रु. एक करोड ८३ लाख ४४ हजार ३७२ लागत अनुमान गरिएको चिस्यानगृह बनाउन राजेशवावु निर्माण सेवा जाजरकोटसँग रु. एक करोड ५१ लख २० हजार ७३८ मा गत फागुन तेस्रो साता सम्झौता भएको नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको सो योजनाको निर्माण कम्पनीले जग्गा व्यवस्थापन र पर्खाल निर्माणको काम शुरु गरेको हो । तापक्रमलाई सन्तुलित बनाईराख्ने उपकरण र संरचना सहितको ३०० मेट्रिक्टन क्षमताको चिस्यानगृह निर्माण हुन लागेको ईञ्जिनियर कार्कीले बताउनुभयो ।

Shreekrishna

कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनका लागि शीतभण्डार निर्माण गर्न लागिएको वडा अध्यक्ष अणबहादुर खड्का भगवानले बताउनुभयो । ‘‘नगर र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुंगा साबित हुनेछ्’’ उहाँले भन्नुभयो, ‘‘कोल्डस्टोर नगरपालिकाको चालु वर्षको सबैभन्दा ठूलो योजना हो ।’’

Ban devision notice

दुई वर्षअघि बेनी नगरपालिकालाई कोल्डस्टोर बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । कोल्डस्टोर बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषकहरुको अपेक्षा छ ।

यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा २० मेट्रिक्टन र वडा नम्बर २ भगवतिमा २५ मेट्रिक्टन क्षमताको चिस्यानगृह निर्माण भएको छ । झिँमा रु. २१ लाख ७८ हजारको लागतमा चिस्यानगृह निर्माण भएको गाउँपालिकाका ईञ्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।

भगवतिको चिस्यानगृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले कर बाहेक रु. ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो । भवन निर्माण र उपकरण जडानको काम सकेर हस्तान्तरणको चरणमा रहेको छ ।

यसअघि गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण भएको थियो । चिस्यानगृह भएपछि बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हटेको नारच्याङको चिस्यानगृहका सञ्चालक प्रेम गुरुङले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...