म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण

Sinchai Khanipani notice

बेनी, । मङगला गाउँपालिकाको बरंजा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले मङला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४ फापरखेतदेखि मङगला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल निर्माण गरेको हो ।

पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मङगला गाउँपालिकाका–३ का वडा अध्यक्ष याम रोकाले बताउनुभयो ।

Shreekrishna hardwear in news

“पखेरको पुलले जिल्ला सदरमुकाम बेनी र पोक–माटेबगरको पुलले गाउँपालिकाको केन्द्र बाबियाचौरलाई तीन वटा वडासँग सिधा यातायात सम्पर्क स्थापित गरेको छ,” उहाँले भन्नुभयो “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।” बरंजाका बासिन्दालाई म्याग्दी नदी पारी रहेको बाबियाचौर गाडी चढेर पुग्न बेनी बजार पुगेर ४० किलोमिटर भन्दा बढी घुमाउरो यात्रा गर्नुपर्ने समस्या थियो ।

मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजा तथा वडा नम्बर ५ अर्मनका दुई हजार पाँच सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । मंगला गाउँपालिका–५ अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्रीले औपचारिक हस्तान्तरण हुन बाँकी भएपनि पुलबाट यातायातका साधन आवत जावत गरेका बताउनुभयो ।

Bhautik ministry notice about road

“म्याग्दी नदीबाट जोखिम मोलेर सवारी साधन तार्नुपर्ने समस्या हटेको छ,” उहाँले भन्नुभयो “स्थानीयबासीलाई आवत जावतका साथै कृषि उपज निकासी, दैनिक उपभोग्य र खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ ।” भरिया मार्फत झोलुङ्गे पुल तारेर सामान वारपार गराउनुपर्ने बाध्यता हटेको छ । अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित थिए ।

बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको पखेरका बासिन्दा समबहादुर थापाले बताउनुभयो । पुल बनेसँगै पखेरमा यसअघि प्रति मिटर रु. ४० हजारका दरले बिक्री हुने घडेरीको मूल्य बढेर प्रतिमिटर रु. दुई लाख पुगेको उहाँले बताउनुभयो ।

तीन वटा पिल्लर भएको माटेबगर–पोक ८० र चार वटा पिल्लर भएको फापरखेत–पखेर जोड्ने पुल ११७ मिटर लामो छन् । दुई वटै पुल ११÷११ मिटर फराकिलो छन् । रंगरोगन भइसकेको पुललाई जोड्ने पहुँचमार्गलाई अन्तिम रुप दिने काम भैरहेको छ ।

दुई वटै पुल निर्माणका लागि वि.स. २०७५ पुषमा लुम्विनी–प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच रु. २२ करोडमा ठेक्का सम्झौता भएको थियो । २०७७ पुष २५ मा सम्पन्न गर्ने लक्ष्य थियो ।

निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलागरी पुल निर्माण सकिन लागेको हो । २०७८ माघमा फापरखेत–पखेर पुल ढलानका क्रममा फर्मासँगै पुल दवेपछि बिवाद र छानविनका गर्नुपर्दा ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...