जन्मदिनमा विरामी र बालबालिकालाई सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएका छ ।
म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई रु. २० हजार सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ ।
फोक्सोको क्यान्सरबाट थलिएको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल बेनी नगरपालिका–८ शिक्षामार्गमा बस्ने दूधकुमारी शेरपुञ्जा (दुर्गा मगर)को उपचारका लागि रु. दश हजार सहयोग गर्नुभएको छ ।
यसैगरी बेनी सामुदायिक माविको कक्षा १ मा अध्ययनरत असाहय बालक निमेश खड्काको पठनपाठनमा रु. पाँच हजार सहयोग गर्नुभएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाहरुको लागि रु. पाँच हजार सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...