![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा सोमबार नेपाली काग्रेसको गाउ इकाई सभापति सहित ८५ जना नेकपा मा प्रवेश गरेका छन् ।
दरवाङमा भएको पालिका कमिटिको सचिवालय बैठकका अवसरमा बिमका नेपाली काग्रेस गाउँ इकाई सभापति धनकुमार पाइजा लगायतका नेता कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
निस्कोटका बिजय पुन, देविस्थानका तुलनारायण पुन, कमल पुन, डाडागाउँका बिरबहादुर पुन लगायत रहेका नेकपा म्याग्दीका कार्यालय सदस्य तथा बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
प्रवेश गर्नेहरुमा अधिकांश नेपाली काँग्रेसबाट रहेका छन् । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा लगायतका जिल्ला कार्यालयको टोलीले प्रवेश गरेकाहरुलाई स्वागत र सदस्यता बितरण गर्नुभएको थियो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)