म्याग्दी क्याम्पसको भवन निर्धारित समयमै निर्माण भयो

Gandaki Pardesh notice

बेनी, बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।
विश्व विद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन बनाउन २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग रु. ९५ लाख ८५ हजार ४१२ मा ठेक्का सम्झौता भएको थियो । भवनमा दुई वटा शौचालय पनि छन् ।
२०७९ चैत २५ गतेसम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले चैत २२ गतेनै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिनुभयो । आयोगको रु. एक करोड र क्याम्पसको रु. ३४ लाख साझेदारी गर्ने गरी लागत अनुमान तयार गरिएको भवनको ठेक्का प्रतिस्पर्धामा सहभागी १२ मध्य सवैभन्दा कम कबोलेको उत्तरगंगासँग सम्झौता भएको हो ।
क्याम्पसको भवनको नापजाँच गर्ने क्रममा ढिस्कोले पुरिएर उत्तरगंगाका सञ्चालक कृष्ण बरुवालको २०७९ मंसिर २१ गते मृत्यु भएको थियो । बरुवालको मृत्यु भएपनि उनका भाई नवराजले जिम्मेवारी लिएर कम्पनीले ठेक्का लिएका आयोजनाहरुलाई पूर्णता दिनुभएको हो ।

“व्यवसायीले इच्छाशक्ति देखाएर पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गर्न सक्ने हो भने जस्तो सुकै असहज अवस्थामा पनि आयोजना सम्पन्न गराउन सकिने रहेछ,” क्याम्पस प्रमुख जिसीले भन्नुभयो “आयोजना कार्यान्वयन गराउने पक्षले निगरानी, समन्वय र सहजिकरण गरेर काम गर्ने वातावरण बनाउने हो भने ढिलासुस्ति हटाउन सकिन्छ ।”

Bhautik ministry notice about road

एमएड, बिआइसिटी र बिबिएको कक्षा सञ्चालन गर्न क्याम्पसले रु. चार करोड ३३ लाख लागत अनुमान सहित चार तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । क्रमागत योजना अन्तरगत आगामी आर्थिक वर्षका लागि आयोगमा थप रु. एक करोड ८७ लाख बजेट प्रस्ताव गरिएको छ ।

Shreekrishna hardwear in news

समुदायस्तरबाट सञ्चालित विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसको पूर्वाधार र शैक्षिक कार्यक्रम विस्तारले तिब्रता पाएको छ । एक हजार दुई सय जना विद्यार्थी अध्ययनरत म्याग्दी क्याम्पसको हाल समग्र उतिर्ण प्रतिशत ३७.०५ प्रतिशत छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...