प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा म्याग्दीलाई १२ पदक

Gandaki Pardesh notice

पोखरा, । पोखरामा मंगलबार सम्पन्न १३ औ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीका खेलाडीले १२ वटा पदक जितेका छन् । ६ वटा स्वर्ण पदक दिलाएका छन भने राष्ट्रिय प्रतियोगिताका लागि १३ जना खेलाडीहरु छनौट भएका छन् ।
तेक्वान्दोतर्फ समग्रमा दोस्रो भएको म्याग्दीलाई स्वर्ण पदक दिलाएका दिपेश पुर्जा, सज्जा पुन र रजत पदक दिलाएका रोशन श्रेष्ठ राष्ट्रिय प्रतियोगितामा छनौट हुनुभएको जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।
छात्रा भलिबलमा दोस्रो भएको म्याग्दीबाट अनिशा रोका र छात्र भलिबलमा पवन सुनार छनौट हुनुभएको समितिका भलिबल खेल प्रशिक्षक मलिन रोकाले बताउनुभयो ।

रोकाले राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएको छ । प्रदेश खेलकुद विकास समितिले रोकालाई छात्रा भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

Bhautik ministry notice about road

छात्र कवड्डीमा दृतीय भएको म्याग्दीका दिवान मगर, सुबम शाक्य र छात्रातर्फ सरिता बुढा छनौट हुनुभएको छ ।
छात्र उसुमा समिप किसानले रजत पदक दिलाउनु भएको छ । प्रमिसा बानिया छनौट हुनुभएको छ । करातेमा स्वर्ण पदक दिलाएका मार्सल गर्बुजा, प्रेरणा रोका, देलिबिया गर्बुजा पनि राष्ट्रिय प्रतियोगितामा छनौट हुनुभएको छ । एथलेटिक्सको त्रिपल जम्पमा स्वर्ण जितेकी रिकजना माझी पनि छनौटमा पर्नुभएको छ । चार सय मिटर रिले दौडमा म्याग्दीले रजत पदक जितेको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...