मुनामा मोनाको स्वास्थ्य शिविर

Sinchai Khanipani notice

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका –३ मुनामा सोमबार स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा २ दिने स्तन तथा पाठेघर सम्वन्धी शिविर सञ्चालन भएको थियो । शिविरमा २४५ जनाले सेवा लिएका मोना आइसीको मलेसीया प्रतिनिधि पूर्ण रोकाले जानकारी दिनुभयो ।

काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा समस्या भएकालाई थप उपचारका लागि रिफर गरिने बताइएको छ । डा. किशोरकुमार प्रधानाङ्गको नेतृत्वमा ४ जनाको टोलीका साथै मुना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोना आइईसीका अध्यक्ष अम्मर छन्त्यालले बताउनुभयो ।

स्थानीय तहसँग समन्वय गरी भइरहेको शिविरबाट लाभ लिन समेत सबै वडामार्फत लक्षित बर्गलाई अनुरोध गरिएको छ । बैशाख १२ र १३ गते दरबाङ, बैशाख १४ र १५ बावियाचौर र बैशाख १६ र १७ गते बेनी नगरपालिका–२मा शिविर सञ्चालन गरिने छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...