रेडक्रस सोसाइटी ताकम उपशाखाको अधिवेशन

Gandaki Ghumau

ताकम, । नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाको २० औ साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनबाट २ वर्षे कार्यकालका लागि छवीलाल सुवेदीको सभापतित्वमा ११ सदस्यीय उपशाखाको कार्यसमिति चयन भएको छ । उपसभापतिमा निलकुमारी भण्डारी, सचिवमा रुपा केसी, कोषाध्यक्षमा ओमप्रसाद केसी, उपसचिव गोपाल आचार्य र सहकोषाध्यक्ष किरन थापा रहनुभएको छ ।

Gunasthariya Shiksya

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष अशोक खत्री, रेडक्रसका जिल्ला सभापति अमर बानिया, कोषाध्यक्ष बिष्णु रोका, मोतिराज गौतम, शिव बानिया लगायतको आतिथ्यता रहेको थियो ।

Shreekrishna

उपशाखाका सभापति यामबहादुर केसीको अध्यक्षता, तुलसीनाथ सुवेदीको सञ्चालन र निलकुमारी भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा गंगाधर सुवेदी र भिमप्रसाद पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...