सेवा विस्तार गर्दै बेनी अस्पताल

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ ।

प्रदेश लोक सेवा आयोगबाट पदस्थापना भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० जना विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले चिकित्सकहरु थपिएसँगै विभिन्न विशेषज्ञ सेवाहरु विस्तार गरिएको जानकारी दिनुभयो ।

“सर्वसाधारणलाई निजी किल्नीक र जिल्ला बाहिर जानुपर्ने समस्या हटाउन जनशक्ति र उपकरण व्यवस्थापनसँगै पूर्वाधार निर्माणमा जोड दिएका छौ,” उहाँले भन्नुभयो “दुई वर्षपछि अस्पतालको सुविधासम्पन्न ५० शैया क्षमताको भवन निर्माण पनि सूचारु भएको छ ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पछिल्लो समय फिजिसियन विशेषज्ञ, जेष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड), अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा इकाईको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग र फिजियोथेरापी सेवा शुरु गर्न लागेको जनाएको छ ।

यसअघि ८ जना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोक सेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ जना विशेषज्ञ सहित ९ जना चिकित्सक आएका अस्पतालका प्रमुख चिकित्सक डा. शंकरराज लामिछानेले बताउनुभयो ।
“जनशक्ति थपिएसँगै कार्यरत चिकित्सकहरुलाई कार्यबोझ घट्ने, बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने र उपचार सेवा सहज भएको छ,” उहाँले भन्नुभयो “स्त्रीरोग, हाडजोर्नी, फिजिसियन, जनरल सर्जन, दन्त, अर्थोपेडिक, आँखा उपचार सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरेका छौ ।”
गण्डकी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका जनरल सर्जन डा. परिवर्तन बराल र स्त्रीरोग विशेषज्ञ डा. अञ्जु थापाको बेनी अस्पतालमा पदस्थापना भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अर्थोपेडिक्स डा. सुमन सुवेदी, इन्टरनल मेडिसिन डा. अमित प्रजापति, जनरल सर्जरी डा. कल्पना आचार्य र छात्रावृत्ति करारका डा. प्रशान्त गुरागाई पनि बेनी अस्पतालमा आउनुभएको छ ।
एक जना मानसिक रोग विशेषज्ञ सरुवा भएर बेनी अस्पतालमा आउन लाग्नुभएको र उपकरण खरिद, जडान र सबै व्यवस्थापकीय काम सकिएकाले केही दिनमै फिजियोथेरापी सेवा शुरु गर्न लागिएको चिकित्सक लामिछानेले बताउनुभयो ।
अस्पतालले अन्तरंग र बहिरंग विभागका अलावा शल्यक्रिया मार्फत प्रसुति, एपेन्डिसाइटिस,, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र, डायलाइसीस सेवा सञ्चालन गर्दै आएको छ । मृगौला रोग सम्बन्धी समस्या भएका १९ जनाले डायलाइसीस सेवा लिएका छन् ।

सामाजिक सेवा इकाई मार्फत लक्षित समुदायको सहुलियत र निशूल्क उपचार सेवा दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको रु. एक करोड ५० लाख मूल्य बराबरको डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याएको अस्पताल परिसरमा अक्सिजन पलान्ट सञ्चालनमा छ ।

म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङका सर्वसाधारणले मासिक चार हजार जनाको हाराहारीमा बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । ५० शैया क्षमताको अस्पतालले १५ शैयाकै संरचना र पूर्वाधारबाट ७६ शैयाको सेवा दिएको छ । ५० शैया क्षमताको भवन निर्माणमा भएको ढिलाईका कारण अस्थायी पूर्वाधारबाट सेवा सञ्चालन गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...