ग्राम प्रकाश मा.वि.मा वाली विज्ञान विषयको पढाइ हुने

khali

बेनी, । पर्वतको जलजला–५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ९९–१२ सम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो ।
नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राविधिक धारतर्फ (कक्षा ९–१२) वाली विज्ञान संचालनको लागी अनुदान उपलब्ध हुने भएपछि यसै शैक्षिक सत्रदेखि वाली विज्ञानको पढाइ शुरुहुने भएको विद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेलले बताउनुभयो ।
लेखफाँटमा कृषि विषयको अत्यन्तै आवश्यकता रहेको अबस्थामा नेपाल सरकारबाट नै प्राबिधिक धारतर्फ वाली विज्ञानको पढाइ हुने भएपछि विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ । कृषि बिषय पढ्न जिल्ला बाहिर जानुपर्ने अबस्थामा अव आफ्नै थलोमा सो बिषय पढाइ हुने भएपछि बाहिर जाने विद्यार्थीलाई गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध हुने प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
वि.स. २०१५ सालमा स्थापना भएको यो विद्यालय उत्तरी पर्वतको पुरानो मध्येको विद्यालय हो । लामो शैक्षिक इतिहास बोकेको ग्राम प्रकास मावि लेखफाँटमा अहिले बालकक्षा देखि कक्षा ९ सम्म भर्ना अभियान संचालन भैरहेको छ । यस वर्षदेखि नै प्राबिधिक विषय पढाइ हुने भएकोले विद्यलयले सम्पूर्ण अभिभावक र छिमेकी वडा र पालिका तथा जिल्लामा समेत भर्नाको लागी अभियान संचालन गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...