म्याग्दीलाई पूर्ण विद्युतीकरणका लागि रु. २० करोड बढीको बजेट स्वीकृत

Gandaki Pardesh notice

बेनी, ः म्याग्दी जिल्लामा केन्द्रिय लाइनको विद्युतीकरण पूर्ण रुपमा विस्तार गर्न रु. २० करोड बढी बजेट स्विकृत भएको छ ।
जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत रु. २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ नेपाल विद्युत प्राधिकरण मार्फत स्वीकृत भएको हो ।
नेपाल विद्युत प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत स्टिमेटका आधारमा प्राधिकरण मार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशीक कार्यालय पोखराले चालु आर्थिक बर्षमै ठेक्का प्रकृया मार्फत अघि बढाउने तयारी गरको गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशम जुग्जालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, केन्द्रिय विद्युतीकरणको पहुँच नपुगेका र लघुजलविद्युतको प्रयोग गर्दै आएका स्थानमा विद्युतिकरण विस्तार गर्ने योजना अन्तरगत संघीय सरकार र प्राधिकरणमा पुगेर गरिएको माग अनुसार उक्त बजेट स्वीकृत भएर आएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेक अन्य सबै घरधुरीमा स्विकृत भएर आएको बजेटबाट विद्युतीकरणको पहुँच पु¥याउने लक्ष्य रहेको प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख प्रशान्त झाले योजना कार्यान्वयन भएपछि जिल्लाका थप २ हजार १५८ घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पुग्ने जानकारी दिनुभयो । गत बर्षसम्म म्याग्दीका ९३ प्रतिशत घरधुरीमा विद्युतीकरणको पहुँच पुगेको थियो ।
गुर्जा बाहेकका अन्य बस्तीमा सोलार र लघुजलविद्युत रहेको ठाउँमा समेत केन्द्रिय विद्युतिकरण विस्तार गरि जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान अनुसार आबश्यक काम भैरहेको उहाँको भनाई छ ।
प्राधिकरणले स्विकृत गरेको बजेटबाट अन्नपूर्ण गाउँपालिकाको मोहरे, फुलवारी, रघुगंगा गाउँपालिकाको पात्लेखर्क, धवलागिरि गाउँपालिकाको मल्कबाङ, मराङ, बुल, लुलाङ र खिवाङ, मालिका गाउँपालिकाको घ्याङ्लेपानी, ओखरबोट, जेम, बुल, पात्ले, महभिर, चिउरीबोट, छापा, सिस्नेरी र लुक्सिपारमा विद्युतीकरण विस्तार गर्ने योजना रहेको प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...