कालीपुल र बगरफाँट जोड्ने बेलिब्रिज जडान शुरु

Gandaki Pardesh notice

बेनी, । पर्बतको जलजला गाउपालिका २ र ३ बगरफांट जोड्ने बेलिबृज जडान कार्य शुरु भएको छ । म्याग्दीको बेनी तर्फको बेस तयार भएर पुल जोड्ने कार्य शुरु गरिएको हो भने पर्वतको जलजला –३ बगरफांट तर्फको बेस निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
५४ मिटर लामो हुने बेली बृजको जडान कार्य बैशाख ५ गतेदेखि शुरु गरिएको छ। बिगत दुइ बर्षदेखी सडक सुबिधाबाट बन्चित भएका बौरबासी पुल जडान कार्य शुरु भएकोले अत्यन्तै उत्साहित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ ।
पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि तीन महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदुर परिचालन गरिएकोले काम तोकिएको समय भन्दा छिट्टै सम्पन्न हुने कम्पनीका सब ओभरसियर सनम शाहीले बताउनुभयो ।
सडक संजालबाट बिच्छेद हुदा करिब तिनसय घरधुरीको बसोवास रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तुहरु भरियालाई रकम तिरर झोलुङे पुलबाट बगरफाँट पु¥याउँदा सामानको मुल्य महङ्गो पर्नेगरेको छ ।
बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ । बगरफाँटमा बसोबास गर्ने विद्यार्थी,शिक्षक,कर्मचारी लगायतका सर्वसाधरणहरु म्याग्दी बेनी आवतजावत गर्न निकै समस्या हुनेगरेकोमा पुल निर्माणपछि सहज हुने भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...