अन्नपूर्ण आरोहणका क्रममा एकको मृत्यु, एकको जिवित उद्धार, एक जना वेपत्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दी स्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन भने एक जनाको जिवितै उद्धार गरिएको छ ।
काठमाडौको पायनर टे«किङ कम्पनी मार्फत अन्नपूर्ण आरोहणमा गएका भारतका बालजितको सात हजार ५०० मिटर उचाईबाट कैलाश एयरको हेलिकप्टरले मंगलबार दिउँसो उद्दार गरेको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेभेन समिट टे«कबाट आरोहणमा भएका नोयल नाम गरेका आरोहीको शव छ हजार मिटरको उचाईबाट आज दिउँसो आधार शिविरमा झारिएको छ । नोयल र बालजित मंगलबार बिहानदेखि बेपत्ता भएका थिए ।
सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईका अनुसार आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार ५०० मिटरको उचाईबाट वेपत्ता हुनुभएको थियो ।
उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौ लैजाने तयारी गरिएको छ । वेपत्ताको खोजीमा निजी कम्पनीका चार वटा हेलीकप्टर परिचालन भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...