बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

Gandaki Pardesh notice

नी, ६ वैशाख । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएका छन् ।
यसअघि ९ जना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोक सेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ जना विशेषज्ञ सहित ९ जना चिकित्सक आएका हुन् ।
विशेषज्ञ चिकित्सकहरु थपिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई कार्यबोझ घट्ने, सम्बन्धित रोगका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने र उपचार सेवा सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि जनरल सर्जन डा. शंकरराज लामिछाने सहित ९ जना मेडिकल अधिकृत रहेको अस्पतालमा स्त्रीरोग, हाडजोर्नी, फिजिसियन, जनरल सर्जरी, मानसिक रोग सम्बन्धी विशेषज्ञ आउनुभएको हो ।

Bhautik ministry notice about road


गण्डकी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका जनरल सर्जन डा. परिवर्तन बराल र गाईनोकोलोजिष्ट डा. अञ्जु थापाको बेनी अस्पतालमा पदस्थापना भएको अस्पतालका प्रमुख डा. शंकरराज लामिछानेले बताउनुभयो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चित्सिाशात्र अध्ययन गरिरहनुभएका अर्थोपेडिक्स डा. सुमन सुवेदी, इन्टरनल मेडिसिन डा. अमित प्रजापति, जनरल सर्जरी डा. कल्पना आचार्य र छात्रावृत्ति करारका डा. प्रशान्त गुरागाई पनि बेनी अस्पतालमा कार्यरत हुनुहुन्छ ।
एक जना मानसिक रोग विशेषज्ञ सरुवा भएर बेनी अस्पतालमा आउन लाग्नुभएको र फिजियो थेरापी सेवा शुरु गर्ने तयारी भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । उपकरण खरिद, जडान र सबै व्यवस्थापकीय काम सकिएकाले केही दिनमै फिजियोथेरापी सेवा शुरु गर्न लागिएको उहाँले बताउनुभयो ।
बेनी अस्पतालले पछिल्लो एक वर्षयता फिजिसियन विशेषज्ञ, जेष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड), अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा इकाईको सेवा थप गरेको छ । अस्पतालले शल्यक्रिया मार्फत प्रसुति, हाइड्रोशिल, हर्नियाको शल्यक्रिया, दन्त, आँखा, बच्चा उपचार कक्ष, सामाजिक सेवा इकाई, हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र, डायलाइसीस सेवा सञ्चालन गर्दै आएको छ ।

Shreekrishna hardwear in news

म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङका सर्वसाधारणले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । ५० शैया क्षमताको अस्पतालले १५ शैयाकै संरचना र पूर्वाधारबाट सेवा दिएको छ । ५० शैया क्षमताको भवन निर्माणमा भएको ढिलाईका कारण अस्थायी पूर्वाधारबाट सेवा सञ्चालन गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...