जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

Sinchai Khanipani notice

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् ।

रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्रको मोवाइलको पहुँच छैन् ।

स्थानीयबासीहरु मोवाइलमा कुरा गर्नका लागि घण्टौ पैदल हिडेर छिमेकी गाउँ, डाँडा र रुख चढ्ने गरेका छन् । चौरखानीको रघुगंगा आधारभूत बिद्यालयका प्रअ चन्द्रमान छन्त्यालले मोवाइलमा कुराकानी गर्न देउराली डाडामा जाने गरेको बताए ।

Shreekrishna hardwear in news

‘डाडामा पुगेपछि अलि अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउदैन,’ उनले भने ‘चिच्याई चिच्याई बोल्नुपर्छ । हामीले आवश्यकता प¥यो भने सम्पर्क गर्ने हो । अरुले चाहेर सम्पर्क हुदैन् ।’

घ्यासीखर्कका रमेश तुलाचनले गाउ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोवाइलमा कुराकानी गर्न मोवाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिड्नुपर्ने बताए ।

रुखमा चढेर मोवाइलमा कुराकानी गर्दै कुइनेमंगलेका बासिन्दा । तस्बिर सौजन्य याम घर्तिमिरे

महत्वपूर्ण सूचना आदान, प्रदानका साथै स्वदेश तथा बिदेशमा रहेका आफन्तसग कुराकानी गर्न टावरले टिप्ने ठाउ खोज्दै रुखमा चढ्ने गरेको रितुङ माविका शिक्षक याम घर्तिमिरेले बताए ।

‘एक्काइसौ शताब्दीको सूचना प्रबिधिको युगमा आधारभूत जस्तै भएको सञ्चार सुबिधाबाट बञ्चित भएका छौ,’ उनले भने ‘अधिकांशको साथमा रहेको मोवाइल सेट गित सुन्न, भिडियो हेर्न, तस्बिर, भिडियो खिच्नमा सिमित छ ।’

कुइनेमंगलेको नजिक पाखापानीको कमनाथमा नेपाल टेलीकमको बिटिएस टावर छ । कुइनेमंगलेको छिमेकी वडा चिमखोला गाउमा पनि मोवाइल फोन सेवा सहज छैन् । सबै ठाउँमा मोवाइलको टावरले नियमित काम नगरेको स्थानीयबासी बताउँछन् ।

धवलागिरीको मल्कवाङ, लुलाङ र बगरमा सञ्चारको असुबिधा छ । त्यहाँ टेलिकमले जडान गरेको भिस्याट प्रबिधिको टेलिफोन प्रयोग बिहिन छ । मोवाइल सेवा बिस्तारका लागि बर्षौदेखि पहल गरेपनि टेलिकमले बेवास्ता गरेको कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए ।

Bhautik ministry notice about road

‘टेलिकमको कार्यालय धाउन थालेको छ÷सात वर्ष भयो होला,’ उनले भने ‘अहिलेसम्म जनताले सञ्चार सुबिधा नपाउदा हामी पनि निराश भएका छौ ।’ सञ्चारको असुबिधाका कारण सेवा प्रवाह र सूचना आदानप्रदानमा धेरै दुख भएको छन्त्यालले दुखोसो पोखे ।

एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौ हिडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सूचना प्रवाह गराउन अझै टोल टोलमा परम्परागत कटुवाल प्रथाको साहरा लिनुपरेको छ । कुइनेमंगले र चिमखोलामा मोवाइल सेवा बिस्तारका लागि गाउँपालिकाले दुई वर्ष अघि तीन लाख रुपैयाँ खर्च गरेर चिमखोलाको मेडलडाडामा कुरुवा घर बनाइदिएको थियो ।

टेलिकमले टावर जडान गर्न ढिलाई गर्दा स्थानीयबासी सञ्चार सुबिधाबाट बञ्चित भएको रघुगंगा गाउपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । नेपाल टेलिकम बागलुङले चिमखोलाको टावर बनाउन ठेक्का समेत लागिसकेको बताएको छ ।

टेलिकमका बरिष्ठ इञ्जिनियर केशव शर्माले कोरोनाको जोखिम, लकडाउन र बाढी पहिरोले यातायात अवरुद्ध बनाएकाले चिमखोलामा बिटिएर जडान गर्न ढिला भएको बताए । ‘विदेशबाट सामान ल्याइसकेको छ, कोरोनाको जोखिम भएकाले तराइबाट मजदुर ल्याउन समस्या छ,’ उनले भने ‘यातायात र कोरोनाको अवस्था सहज भएपछि ठेकेदार टावर जडानका लागि आउछन् ।’

यसैगरी मालिका गाउपालिकाको केन्द्र दरवाङ र धवलागिरी गाउपालिकाको केन्द्र मुनामा पनि मोवाइल सेवा सहज नहुँदा स्थानीयबासीका साथै पालिकाको सेवा प्रवाहमा असर परेको छ । मुदीको टावरले घाम परेको अवस्थामा मात्रै काम गर्छ ।

रुन्माको टावरले पनि केही समययता राम्रोसँग काम नगरेको मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । टेलिकम म्याग्दीका प्रमुख बिष्णुदेव शाहले रुन्माको टावरलाई थ्रिजिबाट फोर जिमा लैजाने क्रममा उत्पन्न समस्या समाधान गरिएको बताए ।

उनले दरवाङलाई लक्षित गरेर अर्को बिटिएर टावर राख्न लागिएको बताए । ‘धौलागिरी आधार शिविर जानेका लागि बगर र लुलाङमा पनि अर्को टावर राख्न लागिएको छ,’ शाहले भने ‘बेनी बजारको टेलिफोन टावरलाई कपरलेस बनाउने काम भैरहेको छ ।’

बगरमा टावर राख्न गाउँपालिकाले कुरुवा घर बनाइसकेको छ । मुदीको मोवाइल टावरलाई नियमित सञ्चालनका लागि बिद्युत पु¥याउन लागिएको गाउपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

म्याग्दीमा टेलिकमका २६ वटा मोवाईल, ५ वटा ल्याडलाइन र ४ वटा वाइम्यास गरेर ३५ वटा बिटिएस टावर छन् । एक लाख १३ हजार जनसंख्या भएको म्याग्दीमा गत असार मसान्तसम्म ९० हजार ३१७ थान मोवाइलका सिम बितरण गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...