वारीबेनी–मल्लाज सडक ढलान

Gandaki Pardesh notice

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको वारीबेनी देखि मल्लाज जोड्ने सडक ढलान गरिएको छ ।

जलजला गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारी बेनी देखि मल्लाजको माइनडाडा सम्म विभिन्न ठाउँमा सडक ढलान गरिएको हो ।

वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ति सुधार, ढलान, नाली, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले रु. एक करोड र जलजला गाउँपालिकाले रु. एक करोड बिनियोजन गरेका थिए ।

Shreekrishna hardwear in news

कालिका इन्फ्रास्टक्चर प्रा.ली.ले ठेक्का रु. एक करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उपाध्यक्ष आचार्यको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी, ईञ्जिनियर सुनिल वानिया लगायतको टोलीले आइतबार सडकको अनुगमन गरेको छ ।

विभिन्न ठाउँमा ४०७ मिटर सडक ढलान र नाली निर्माण भएको ईञ्जिनियर वानियाले बताउनुभयो । मेसिनरी र ग्यावीयन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा १ महिना अघिनै निर्माण व्यवसायीले काम सकेका छन् ।

Bhautik ministry notice about road

पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघिनै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले बताउनुभयो । धेरै विकास आयोजना ढिलासुस्तिले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारी बेनी मल्लाज सडक भने लक्ष्य अघिनै सकिएको छ ।

तीन किलोमिटर दुरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुंगाका भगवान जिसीले बताउनुभयो । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।

मल्लाजको भुरतुला देखि मल्लाज हुदै लेकफाँट जोड्ने सडक संघीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवे देखि मल्लाज सम्म सडक सहरी विकास कार्यालय मार्फत स्तरोन्नतिको काम भैरहेको छ ।

संघीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रम मार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न रु. ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रा.ली.ले प्रारम्भिक चरणको कामलाई तिब्रता दिएको छ ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँट सम्म करिब १० किलोमिटर सडक ७ मिटर चौडाईका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ति तथा ग्रेड सुधार गर्ने काम भैरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

यसैगरी सहरी विकास कार्यालय बागलुङ मार्फत दोवदोवे देखि मल्लाज हुदै बाँसखर्कको सिमानासम्मको ५ किलोमिटर सडक स्तरोन्नित गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम गरिरहेको छ । यो सडकलाई पनि ५ मिटर चौडाईका दरले कालोपत्र गर्ने योजना छ । केही दिनयता भने सडक निर्माणको काम सुस्ताएको मल्लाजका बासिन्दाले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...