घोडेपानीमा एकै दिन १८१ जना चिनिया पर्यटक

Sinchai Khanipani notice

सुरेन गुरुङ
घोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आइतबार एकै दिन १८१ जना चिनिया पर्यटक भ्रमणमा आएका छन् ।

वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सूचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्स मार्फत कास्कीको तिखेढुङ्गा हुदै घोडेपानी आएका चिनिया पर्यटकहरुलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा कल्वले स्वागत गरेका छन् ।

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुनले तीन वर्षपछि चिनिया पर्यटक आएको बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा चिनीया पर्यटकहरु आएका हुन् ।

Shreekrishna hardwear in news

केही दिनअघि जहाज चार्टर गरेर त्रिभुवन अन्तराष्ट्रिय विमालस्थलमा आएका उनिहरु पोखरा देखि नयाँपुल, तिखेढुङ्गा हुदै पैदलयात्रा गरेर घोडेपानी आइपुगेका हुन् । सात दिनको नेपाल भ्रमणमा आएका उनिहरुले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार २०० मिटर उचाईमा अवस्थित पुनहिलमा सुर्योदय, गुराँसे जंगल र हिमशृङखलाको अवलोकन गर्न जादैछन् ।

Bhautik ministry notice about road

पुनहिलबाट फर्किएपछि घोडेपानीबाट टाढापानी हुदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथप्रर्दशक सुजित रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा थप तीन वटा चिनीया पर्यटकको समूह भ्रमणमा आउदैछन् ।

घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । वडा अध्यक्ष रामबहादुर खड्काले चिनिया पर्यटकको आगमनले उत्साहीत बनाएको बताउनुभयो । घोडेपानीमा बास बस्ने पर्यटकहरु एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् ।

पुनहिलबाट धौलागिरी, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सुर्योदयको दृष्य अवलोकन गर्न पाउनुपनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जंगल छ ।

वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रंगिन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जंगल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानीमा २५ वटा सुविधा सम्पन्न होटल पर्यटकले भरिभराउ भएका छन् ।

म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...