राहुल र केकीको उत्कृष्ट अभिनय रहेको गर्बुजाको लाहुरे

Gandaki Pardesh notice

बेनी, । लोकगायक खड्ग गर्बुजाकोे ठाडो भाकाको गीत ‘लाहुरे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन् । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मीएका गर्बुजाको गितमा ताकम घर भई हाल अमेरिका बस्ने राहुल केसी र कलाकार केकी अधिकारीको अभिनय रहेको छ ।
आफ्नै शब्द र संगीतमा तयार भएको गीतमा गर्बुजालाई ‘द भ्वाइस अफ नेपाल–सिजन ३’ कि फस्ट रनरअप ताराश्रीष मगरले गायनमा साथ दिनुभएको छ । आफू लाहुरे हुन नसके पनि लाहुरेहरूका कथाव्यथा समेटेर गीत गाएको गर्बुजाले बताउनुभयो ।
रक्षा बानियाँ र आकाश केसीको निर्माण तथा सुनील क्षत्रीको कोरियोग्राफी रहेको लाहुरे केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो । राजु केसीको निर्देशन रहेको छ । गितमा लाहुरे प्रेमी र गाउँमै रहेकी प्रेमीकाको भावनालाई समेटिएको छ ।

Bhautik ministry notice about road
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...