सेभेन समितका नुर्वेको टोली चालु वसन्त याममा पहिलो पटक अन्नपूर्णको चुचुरोमा पुग्यो

Gandaki Pardesh notice

बेनी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण शुरु भएको छ ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो ।
सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईले तीन जना नेपाली, एक जना पाकिस्तानी र एक जना अस्टे«लीयन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिनुभयो । नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरुको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् ।

Bhautik ministry notice about road


यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौ अग्लो हिमाल हो । अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरुको आधार शिविरमा चहलपहल छ ।
इलाईट टे«कीङ कम्पनी मार्फत कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आउनुभएको थियो । आल्थानीको आरोहण टोलीको नेतृत्व किर्तिमानी आरोही निर्मल पुर्जाले गर्नुभएको छ ।
वि.स. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...