धौलागिरि खबर

विश्व रेविज दिवसको बारेमा

नारायण कुसुम

 2020 Slogan ”END RABIES:  COLLABORATE VACCINATE”

Rara Auto Mobiels

सेप्टेम्वर २८, विश्व रेविज दिवश, संसारभर प्राणघातक रेविज रोगका वारेमा जानकारीमुलक कार्यक्रम सन्चालन गरेर मनाउने गरिन्छ भने नेपालमा पनि पशु सेवा संग संवन्धित निकायहरूले मनाउने गर्दछन् । विश्वभरमा प्रत्येक वर्ष रेविज रोगका कारण ५५००० मानिस मर्छन भनिएको छ । अमेरिकामा पनि वर्षमा १–२ मानिस रेविज रोगका कारण मानिस मर्छन । सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेविजको संख्यालाई सुन्यमा ल्याउने उद्धेस्यका साथ अभियान सन्चालन गरिरहेका छन ।
सार्वजनिक वा सरकारी स्तरबाट विश्व रेविज दिवश मनाउने भनेर विधिवत रुपमा सन २००७ बाट मनाउन शुरु गरिएको हो । पशुमा यसले कस्तो असर देखाउंछ र यसका कारणले मानव स्वास्थ्यमा कसरी असर पार्न सक्छ यो व्यापक रुपमा जनचेतना फैलाउनु पर्ने विषय हो जसका कारण यस रोग लाग्ने जोखिमबाट हद भन्दा हद जोगाउन सकियोस ।
के हो रेविज रोग ?
यो र्याब्डोभाइरस नामको विषाणुबाट सर्ने अति तिव्र रुपमा फैलने प्राणघातक रोग जुन मुख्य गरेर मासु खाने जनावर(कार्निभोरस) का साथै म्यामेलियन परिवारका पशु जस्तो गाई, भैंसी भेडा बाख्रा आदि लगायत मानिसलाई पनि हुने रोग हो र यो रोग लागेर लक्षण देखिए पछि उपचार संभव छैन । विषाणु बाट लाग्ने यो रोग विरुद्ध समयमा टोक्नु भन्दा पहिला वा टोक्ने वित्तिकै खोप लगाइयो भने यसबाट वच्न सकिन्छ ।
यो रोग कसरी सर्छ ?
यो रोग लागेका पशुले टोकेमा वा यिनको र्यालमा लसपस भएमा वा यो रोगका विषाणु लिएर हिडेका तर उनलाई असर नपार्ने खालका फ्याउरो, चमेरो, न्याउरी मुसो आदिले टोकेमा यो रोग लाल्दछ । हावाको माध्यमबाट यो रोग सरेको त्यति धेरै रेर्कड छैन । रेविज रोग लागि मरेको पशुमा यसका विषाणुहरू पशु मरेको २४ घण्टा पछि मर्छन र रोग सर्ने त्यति डर हुंदैन । यस रोगका विषाणुको ओथारो अवधि २–५ दिन वा सो भन्दा माथि पनि हुन सक्छ ।
यो रोग लागेको कसरी थाहा पाउने(लक्षण) ?
पशुहरूमा यो रोगका विषाणु शरिरमा प्रवेश गरे पछि विषाणुको संख्या अध्याधिक मात्रामा वृद्धि भए पछि दिमागमा यसले डेरा जमाउने गर्दछ । यस रोगका विषाणुले ग्रस्त पारे पछि पशुले आफ्नो स्वाभावमा परिवर्तन देखाउंछ । यस रोगमा खास गरि तीन फरक फरक प्रकृतिले लक्षण देखाउने गर्दछ । लक्षण देखाउने अवधि यति नै दिन भन्न नसकिने र शरिरको कुन भागमा टोकेको छ वा कति मात्रामा विषाणु शरिर भित्र पसेको छ त्यसमा भर पर्दछ ।
क) पूर्व रुप (Predormal Form)
– यो रुप कुकुरहरूमा २–३ दिन सम्म रहने र यो शुरुको रुप हो ।
– थकित हुने ।
– खाना खान मन नगर्ने ।
-अस्वाभाविक स्वाभाव देखाउने ।
-कुकुर वा पशु लाटो जस्तो देखिने ।
-उत्तेजित रुप (Furios Form)
– दांत, मुख, सिंह अत्यधिक मात्रामा चलाउने ।
-आंखाका नानीहरू ठूलो हुने । हावामा टोक्दै हिड्ने ।
-पुच्छर टांगा मुनि राखि हिड्ने ।
-कराउने, भुक्दै हिड्ने ।
– अगाडि जे आउंछ त्यसलाई आक्रमण गर्ने ।
– साना साना कुकुरका छाउरा मान्छे संग अलि बढी मात्रामा खेल्न खोज्ने ।
– भुइ खोस्रने, छिन छिनमा पिसाव फेर्ने ।
– खाना नखाने, दुधालु पशु भए दुध स्वाटै सुक्ने ।
– केजमा थुनेको कुकुरले केजनै चपाउन खोज्ने ।
-पारालाइटिक वा डम (Paralytic or Dumb form)
– यस अवस्थामा कुकुरको हिड्डुल गर्न नखोज्ने ।
-अध्यारो कुनामा गई वस्ने ।
– टाउको र घांटीमा यसको असर देखिने ।
-थुक निल्न नसकि अध्याधिक मात्रामा र्याल काड्ने ।
– पानी, हावा देखि डराउने ।
– तलको वंगरा झरेको देखिने ।
– घांटीमा केही अड्के जस्तो हुने ।
-पशु शिथिल हुने र टोक्न पनि नसक्ने ।
– सास फेर्न गाह्रो हुने ।
– शरिरका विभिन्न भागमा पारालाइसिस वा शरिर नचल्ने ।
-पशु कोमा वा वेहोस हुने र अत्यमा मृत्यू हुन्छ ।
रोगको निदान (Diagnosis)
 लक्षणको आधारमा ।
 प्रयोगशाला परीक्षण र्याल वा मरेको पशुको दिमागको कोष परीक्षण गरेर ।
उपचार तथा रोकथाम
उपचार ः
रोगको लक्षण देखिइ सके पछि उपचार छैन तर टोक्ने वित्तिकै अस्पताल गएमा विभिन्न दिनमा गरेर पोष्ट वाइट खोप लगाउन सकिन्छ । पशुहरूमा पोष्ट वाइट खोप तालिका ०,३,७,१४,३० र ९० दिनमा लगाउने ।
रोकथाम ः
 रोग सार्न सक्ने घरेलु जनावर कुकुर, विरालोमा रेविज विरुद्ध खोप नियमित रुपमा लगाउने । समयमा खोप लगाएमा यो रोग १०० प्रतिशत प्रिभेन्टेवल हो ।
 पशु संग वाराम्वार खेल्नु पर्ने भेटेरिनरीयन, पाराभेटेरिनरीयन वा पशु स्वास्थ्य कर्मिले यस विरुद्ध खोप लगाउनु पर्दछ ।
 रेविज रोगका वारेमा जनमानसमा जानकारीमुलक कार्यक्रमहरू चलाइनु पर्दछ ।
 भूस्याहा कुकुरलाई खोप लगाउने ।
 जथाभावि कुकुरको हिडडुल नियन्त्रण गर्ने ।
 रोग लागेको कुकुरलाई नमारी नियन्त्रणमा राख्ने र कुकुर मर्यो भने हिफाजत तरिकाले गाड्ने र त्यसमाथि चुनपानी, फर्मालिन, पोटास पानी छर्कने ।
 आफुले पालेका कुकुरहरू अनिवार्य रजिष्ट्रेसन गर्ने अभियान चलाउने ।

सन्र्दभ सामाग्री ः
-ब्लड भेटेरिनरी मेडिसिन
-मर्क भेटेरिनरी म्यानुअल
-इन्टरनेट

पशु चिकित्सक रहनुभएका लेखक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख हुनुहुन्छ

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...