सेभेन ए साइड फुटबलमा वौद्ध विजयी

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लव बेनी मंगलाघाटले जितेको छ ।
नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार भएको फाइनल खेलमा रिभरसाइड युवा क्लवलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै वौद्ध युवा क्लव विजेता वन्न सफल भएको हो ।
चैत २८ गतेदेखि चार दिनसम्म संचालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागि भएका थिए । प्रतियोगितामा प्रथम हुने बौद्ध युवा क्लव रु एक लाख नगद पुरस्कार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता वनेको रिभरसाइड युवा क्लवले नगद रु ५० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पायो ।
गण्डकी प्रदेशका सांसद हरि भण्डारीले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी र बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट खेलाडी रिभरसाइड क्लव बगरफाँटका उर्गिन शेर्पा,उत्कृष्ट टिम नवउत्साही समूह पर्वत, उत्कृष्ट गोल रक्षक रिभर साइडका सरोज तामाङ र सर्वाधिक गोलकर्ता वौद्ध क्लवका देव छन्त्याललाई पुरस्कृत गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...