दलित मुक्ती मोर्चा गण्डकीको अध्यक्षमा कुविर

Gandaki Pardesh notice

पोखरा, । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा गण्डकीको नयाँ नेतृत्व चयन भएको छ ।
पोखरामा बिहिबार सम्पन्न मोर्चाको प्रथम सम्मेलनबाट बागलुङका कुबिर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा म्याग्दीका पदम किसान, कास्कीका सरस्वती परियार, सचिवमा गोरखाका रमेशबाबु विश्वकर्मा चयन हुनुभएको मोर्चाका प्रदेश ईञ्चार्ज टेकबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
सहसचिवहरुमा तनहुँका जौमाया बराल, लमजुङका देबबहादुर गहतराज, स्याङ्जाका राम परियार, पर्वतका विष्णु विश्वकर्मा र कोषाध्यक्षमा नवलपुरका प्रेम विश्वकर्मा चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

बुधबारदेखि शुरु भएको सम्मेलनको नेकपा माओवादी केन्द्रका दलित मुक्ति मोर्चाका फ्याक्सन ईञ्चार्ज परशुराम रम्तेलले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा माओवादी केन्द्रका नेता दलजित श्रीपाली, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...