सरस्वति आधारभूतका बालबालिकालाई शैक्षिक सामग्री वितरण

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–२ बगरफाँटको सरस्वति आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

४१ औँ सामाजिक सेवा दिवसको साताब्यापी कार्यक्रम अन्तरगत गुड नाइवर्स इन्टरनेशनल नेपाल र गल्र्स फस्ट फण्डको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीको आयोजनामा वितरण गरिएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, बेनी–२ का वडा अध्यक्ष हिराबहादुर थापा, गैसस महासंघ तथा संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल, म्याग्दी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, गैसस महासंघ पर्वतका अध्यक्ष शिव शर्मा रेग्मी लगायतले सामाग्री वितरण गर्नुभएको थियो । ७० जना बालबालिकाहरुलाई एक दर्जन कापी र ६ गोटा डटपेनका दरले बितरण गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजालको अध्यक्षता र संगम म्याग्दीको सामुदायिक विकास परियोजनाका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा गैसस म्याग्दी सदस्य विज्ञान सुबेदी, गुड नेवर्स इन्टरनेशनल नेपालका म्याग्दी जिल्ला संयोजक खेम बहादुर रोकाया र बाल संरक्षण तथा प्रायोजन सेवा अधिकृत सुर्यमान नगरकोटी लगायतको उपस्थिति थियो ।

यस्तै दिवसकै अवसरमा सामुदायिक विकास परियोजना मार्फत संगम म्याग्दीले धवलागिरी गाउँपालिकाको धनजनता मा.वि. फलियागाउ, भुमे आधारभूत मच्छिम र ताकम मा.वि. ताकममा परियोजनाको प्रायोजन सेवामा परेका ६० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । ४१ औँ सामाजिक सेवा दिवसको मुल नारा “सामाजिक क्षेत्र ः राष्ट्रिय गौरव” आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...