ताकममा योग शिविर

Gandaki Ghumau

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका विभिन्न वस्तिमा योग शिविर सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा धारापानी, ताकम, शिवाङमा ५—५ दिन, हिलापोखरी र मच्छिममा ३—३ दिनका दरले शिविर सञ्चालन भएको थियो ।

चैत ७ गतेदेखि शुरु भएको शिविर २८ गते सकिएको वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । “स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत शिविर आयोजना गरेका हौ,” उहाँले भन्नुभयो “योग अभ्यास मार्फत नागरिकलाई स्वस्थ्य बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

शिविरको नविन आनन्द योग केन्द्रका नविन जुग्जालीले सहजिकरण गर्नुभएको थियो । अस्वस्थ खानपान, विचार, व्यवहार तथा तनावका कारण मानिसहरुमा विभिन्न किसिमका नसर्ने रोगको जोखिम बढेको छ ।

तनाव व्यवस्थापन, शारिरिक स्फुर्ति, तन्दुरुस्ती, स्वस्थ्य आहरा र सकारात्मक सोचको विकास गर्न योग शिविर प्रभावकारी बनेको वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । एक वटा शिविरमा ५० जना भन्दा बढी सहभागी भएका थिए ।

ताकम र हिलापोखरीमा समिति गठन गरेर शिविर पछि पनि योग अभ्यासलाई निरन्तरता दिएका छन् । आगामी वर्षको कार्यक्रम र बजेटमा पनि योग शिविरलाई समावेश गर्न स्थानीयबासीले माग गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...