तितेपातीबाट सावुन उत्पादन

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलाका उद्यमीहरुले तितेपातीलाई प्रसोधन गरेर सावुन उत्पादन गरेका छन् ।
औलाका उद्यमी मिलेर खोलेकोे गिद्धेश्वर सावुन उद्योगले तितेपातीको रसलाई अन्य रसायनसँग मिसाएर नुहाउने र कपडा धुने सावुन बनाएका हुन् । उद्योगकी अध्यक्ष कविता क्षेत्रीले तितेपानी निचोलेर निकालेको रसको प्रयोग गरेर बनाएको सावुनको माग बढेको बताउनुभयो ।
“तितेपाती, घ्युकुमारी, कागती, पुतिना, सुन्तला र मेवाको बोक्राको धुलोलाई सरफमा मिलाएर सावुन बनाएका हौ,” उहाँले भन्नुभयो “हारपिक, सरफ र फिनेल बाहेक साबुन बनाउन प्रयोग हुने कच्चा पदार्थ सबै गाउँकै प्रयोग गरेका छौ ।”
कपडा धुने, नुहाउने सावुनका अलावा उनिहरुले सरसफाईमा प्रयोग हुने हारपिक र सरफ पनि उत्पादन गरेका छन् । औला र छिमेकी गाउँ हुदै अहिले अन्नपूर्ण गाउँपालिकाको अन्य बस्ति र जिल्ला सदरमुकाम बेनी बजारमा त्यहाँका साबुनको बजारीकरण हुन थालेको छ । तितेपातीको सावुनको मूल्य प्रतिगोटा रु. ३० कायम गरिएको छ ।

Bhautik ministry notice about road


वि.स. २०७७÷०७८ र २०७८÷७९ दुई आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तरगत औलामा साबुन बनाउने तालिम सञ्चालन गरेको थियो । पहिलो वर्ष ७ दिन र देस्रो वर्ष ६ दिनको तालिम आयोजना भएको थियो ।
तालिममा सहभागी भएकाहरुले सिकेको सिपको सदुपयोग गरेर उद्योग सञ्चालन गरेको सदस्य डिलप्रसाद फगामीले बताउनुभयो । उहाँका अनुसार रु. एक लाख २० हजार लगानी गरेर गाउँको सामुदायिक भवनमा शुरु गरिएको उद्योगले रु. दुई लाख पचास हजार मूल्य बराबरको साबुन बिक्री गरेको छ ।
तालिममा खाजा खर्च वापत पाएको रकम बचाएर उद्योगका लागि कच्चा पदार्थ किनेका थिए । उद्योगमा गेमप्रसाद फगामी, गोविसा पुर्जा, गंगा पुन, विमला पुन, श्यामकुमारी पुन, टिकिसरा पुन र टिका घताने लगायत आवद्ध हुनुभएको छ । अध्यक्ष क्षेत्रीले अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पनि व्यक्तिगत उद्योग सञ्चालन गरेको बताउनुभयो ।
घरायसी कामबाट बचेको समय सावुन उद्योगमा लगाउने गरेका छन् । उपकरण र भवनको आवश्यकता रहेको उद्यमीहरुले बताएका छन् । उद्यमीहरुले उत्पादन गरेको सावुन खरिद, प्रर्वद्धन, बजारीकरण गरेर प्रोत्साहन गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...