हावाहुरीले विद्यालयको छानो उडायो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा रहेको जनआदर्श आधारभुत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ ।
सोमबार दिउँसो आएको हावाहुरीले विद्यालयको कक्षा ४ र ५ को कक्षा कोठा रहेको भवनको छानो पूर्ण रुपमा उडाएको हो । हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अर्का भवनमा समेत आँसिक क्षति भएको विद्यालयका प्रधानध्यापक फमायाँ पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार, विद्यालय परिसरमा रहेको ओखरको रुखका हाँगा भाँचिएर विद्यालय भवनमा खसेपछि कार्यालय रहेको भवनको जस्तापाता भाँचिएको र भवन पानी चुहिने भएको छ । बार्षिक परिक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानविय क्षति हुनबाट जोगिएको विद्यालयले जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु हुने समयमा विद्यालय भवनको छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सूचारु गर्न समस्या हुने भएको ।
विद्यालयले वैशाख ३ गतेदेखि भर्ना अभियान र १० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भएपनि भवनको मर्मत सुधार नभएसम्म पठनपाठन सूचारु गराउन कठिनाई हुने प्रअ पुनले बताउनुभयो । विद्यालयमा भएको क्षतिको अवस्थाबारे वडा कार्यालय र गाउँपालिकालाई जानकारी गराएको जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...