दरवाङमा अचार बनाउने तालिम

Shreekrishna hardware

दरवाङ, । मालिका गाउँपालिकाको दरवाङमा आयोजित एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ ।

‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरेर तालिम गरिएको हो । पालिकाभित्र रहेका एकल, फरक क्षमता भएका तथा कोभिड र हिंसापीडित महिलाहरुको आयआर्जनमा सुधार गर्ने लक्ष्यसहित २५ जनालाई सहभागि गराएर ब्यवसायिक अचार उत्पादन तालिम दिएको मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया बिटालुले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले तालिममा सिकेको सिपलाई ब्यवहार कार्यान्वयन गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

Shreekrishna
Ban devision notice

गाउँपालिकाले तालिममा सहभागिलाई ब्यावसायिक रुपमा अघि बढाउन जिवीको पार्जन सुधार कार्यक्रम अन्तरगत प्रति ब्यक्ति रु. २६ हजार अनुदान उपलब्ध गराएको जानकारी गराउदै सदुपयोग गर्न निर्देशन गर्नुभयो । गाउँपालिका उपाध्यक्ष घर्तीमगरले सिकेको सिपलाई ब्यवहारमा कार्यान्वयन गरेर आत्मनिर्भर बन्न प्रेरित गर्दै सिकेको सिपलाई कार्यान्वयन भएको वा नभएको अवस्थाबारे अनुगमन गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले ७ दिनको तालिमबाट सिकेको सिपलाई स्थानीय रुपमा उत्पादित बस्तुलाई प्रयोग गरेर स्वच्छ र गुणस्तरीय अचार उत्पादन गरेर विक्रि गरेर जीवस्तर सुर्धान सुझाव दिनुभयो ।

वडाबाट सिफारिस भई तालिममा सहभागि महिलाहरुलाई गाउँघरमा पाइने गोलभेडा, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागती लगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरेर अचार बनाउने सिपको सहजीकरण धवलागिरी प्राविधि शिक्षालय थासाङ मुस्ताङबाट उपस्थित प्रशिक्षक प्रदिप गौतमले गर्नुभएको थियो ।

मिलन म्याग्दीको आयोजना, मालिका गाउँपालिकाको आर्थिक सहयोग चैत २३ गतेबाट संचालन भएको तालिममा वडाको सिफारिसमा सहभागि भएका महिलाहरुलाई सिप सिकाईएको निर्देशक विटालुले बताउनुभयो । मिलन म्याग्दीकी अध्यक्ष कमला बानियाँ उपस्थिति रहेको समापन कार्यक्रमको संचालन कार्यकारी निर्देशक विटालुले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...