धरापानीका अनाथ परिवारलाई सहयोग

Gandaki Pardesh notice

ताकम, । घरमुलीको निधनपछि समस्यामा परेका म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका एक परिवारलाई मंगलबार नेपाली सहयोगी मन संस्थाले सहयोग गरेको छ ।
एक महिनाअघि घरमुली भिमबहादुर बिक भिरबाट लडेर मृत्यु भएपछि बुवा लालबहादुर, श्रीमति ख्याती, एक छोरा र छोरी समस्यामा परेका थिए । मच्छिमको भूमे युवा क्लवले लालबहादुरको परिवार समस्यामा परेको र सहयोग आवश्यक रहेको सन्देश सामाजिक सञ्जालमा राखेको थियो ।
विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको परोपकारी अभियान नेपाली सहयोगी मन मार्फत रु. दश हजार मूल्य बराबरको ३ बोरा चाम, दाल, नुन, तेल संस्थाका सचिव माधवराज सुवेदीले हस्तान्तरण गर्नुभएको हो । धवलागिरी गाउँपालिकाका कार्यपालिका सदस्य डिलकुमारी विक र स्थानीय अगुवा जयन्द्र केसीको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको भूमे युवा क्लवका मिलन छन्त्यालले बतानुभयो ।
विश्वका विभिन्न देशमा रहेका युवाहरुले सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग जुटाएर दुखमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् । सेवा नै धर्म हो भन्ने मुल नारा बनाएको समूहले दुःखी, पिडित, असाहय, बिरामी र प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुलाई आकस्मिक राहतको लागि सहयोग गर्दै आएको छ । नेपाली सहयोगी मनको नेतृत्व ताकममा जन्मथलो भएका भरत जिसीले गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...