काफलडाडामा दोस्रो मैतिमाया कप हुने

khali

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा नयाँ वर्ष २०८० को अवसरमा दोस्रो मैतिमाया कप २०८० सञ्चालन हुने भएको छ ।
काफलडाडाको देवी देउराली युवा क्लवले छैठौ वार्षिकोत्सव र नव वर्षको अवसरमा आगामी वैशाख ३ देखि ८ गतेसम्म खेलकुद र संस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा पुरुष फुटसल, महिला फुटसल र सो डान्स प्रतियोगिता आयोजना गरिएको मेलाका अध्यक्ष लोकेश गर्बुजाले बताउनुभयो । पुरुष फुटबल प्रतियोगिताको बिजेतालाई रु. ४५ हजार र उपविजेतालाई रु. २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
महिला फुटसल प्रतियोगिताको बिजेतालाई रु. १५ हजार र दृतीयलाई रु. आठ हजार पुरस्कार प्रदान गरिने भएको छ । डो डान्समा बिजेतालाई रु. आठ हजार र उपबिजेतालाई रु. पाँच हजार पुरस्कार प्रदान गरिने भएको छ ।
पुरुष फुटसलमा उत्कृष्ट खेलाडी, गोलरक्ष र डिफेण्डरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद संयोजक सुरेश फगामीले बताउनुभयो । खेलकुद र सांस्कृतिक कार्यक्रमलाई लक्षित गरेर खेलमैदान व्यवस्थापन, प्रचारप्रसार, आर्थिक संकलन लगायतको तयारी तिब्र बनाएको क्लव अध्यक्ष लेखबहादुर पुनले बताउनुभयो ।
काफलडाडाका स्वर्गीय मैतिमया मगरको स्मृतिमा उहाँका छोरीहरुले प्रतियोगिता सञ्चालनमा सहयोग गर्नुभएको थियो ।

khali
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...